पूर्वाञ्चल पब्लिकमा अन्तरहाउस हाजिरीजवाफ सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–५, फिमरास्थित पूर्वाञ्चल पब्लिक सेकेन्डरी स्कुलमा अन्तरहाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ।
विद्यार्थीमा रहेको ज्ञान, तर्कशक्ति र प्रस्तुतिकरण क्षमताको परीक्षणसँगै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा विद्यालयका विभिन्न कलर हाउसका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रश्नोत...









