सुकुना क्याम्पसद्वारा रसुवा बाढीपीडितलाई २ लाख ३१ हजार सहयोग
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ २ लाख ३१ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ।
क्याम्पसले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्का कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित बनेपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश...









