सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै
सुन्दरहरैचा— गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता माझीको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्।
स्नातक अध्ययनरत माझी आर्थिक अवस्था कमजोर भएकै कारण साथीहरूले सहयोग जुटाएर १५ दिनदेख...









