सुन्दरहरैंचाको सिद्धार्थ र विराटनगरको एभरेष्टले प्याब्सन स्पोट मिट मोरङकाे उपाधि जित्याे
माेरङ / विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोट मिटको उपाधि जितेका छन् ।
विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्धितीय, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्...









