सुन्दरहरैँचा /सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलप्याब्सन मोरङद्वारा विराटनगरमा आयोजित १५ अौँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा प्रथम भएको छ।

विद्यालयलाई स्कुलतर्फ ७ वटा स्वर्ण पदक दिलाउने ४×४०० मिटर रिले दौडसहित छात्रातर्फ २सय मिटर दौडमा दुर्गा भगत, ८ सय मिटर दौडमा महिमा लिम्बू रहेका छन् । छात्रतर्फ पनि ४×४०० मिटर रिले दौडसहित २ सय मिटर दौडमा अबु हन्जला, ४ सय मिटर दौडमा अविनाश लावती , २ किलोमिटर दौडमा दिप्सन राई रहेका छन् ।
त्यसैगरी विद्यालयलाई छात्र ८ सय मिटर दौडमा दिप्सन राई, छात्रा २ किलोमिटर दौडमा रिया तामाङ र छात्रा ४×१०० मिटर रिले दौडमा ३ वटा रजत पदक प्राप्त भएको छ।

त्यस्तै १०+२ तर्फ छात्रा २ किलोमिटर दौडमा सुनेमी राईले स्वर्ण , छात्र बास्केटबल र छात्रा टेबलटेनिस टिमले कास्य पदक जित्न सफल भए।

यसरी स्कुलतर्फ ७ स्वर्ण र ३ रजत तथा १०+२ तर्फ १ स्वर्ण र २ कास्य पदक हात पार्दै सिद्धार्थ स्कुल मोरङ जिल्ला प्रथम हुन सफल भएको हो । १०+२ तर्फ भने बिराटनगरको एभरेस्ट स्कुल ५ स्वर्ण , २ रजत र १ कास्य पदकसहित प्रथम भएको छ।

तपाईको प्रतिक्रिया