सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैंचास्थित एनी प्रथम गछिया गोल्डकपको अन्तिम सेमिफाइनल खेल जित्दै राष्ट्रिय जागृती फुटबल क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ ।
शनिबारको खेलमा आयाेजक गछिया युवा समाजलाई राष्ट्रिय जागृती फुटबल क्लबले हराउँदै फाइनलकाे यात्रा तय गरेकाे हाे ।गोल्डकपकाे पहिलो हाफको ३६ मिनेटमा जर्शी नम्बर ५ का एलेक्स उइलेनले गोल गरे । उक्त गोल नै राष्ट्रिय जागृती फुटबल क्लबका लागि निर्णयक गोल बन्यो ।
निर्धारित समय सम्म पनि गछिया युवा समाजले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन। खेलमा १-० को अन्तरले राष्ट्रिय जागृती फुटबल क्लब इटहरीले फाइनलको यात्रा निश्चित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ राष्ट्रिय जागृती फुटबल क्लबका जर्सी नम्बर ५ का एलेक्स उइलेन घाेषित भए।
उनलाई ५ हजार १ सय रूपैयाँ पुरस्कार प्रदान गरियाे । यो सँगै खेलमा गाईघाट युनाइटेड तथा राष्ट्रिय जागृती फुटबल क्लब फाइनल चरणमा प्रवेश गरेकाे छ ।
फाइनल खेल २२ गते दिउँसो २ बजेबाट सुरू हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए । आइतवार भेट्रानस फुटबल – सुन्दर भेट्रानस तथा जिल्ला प्रहरी कार्यालय मोरङ विच मैत्रीपुर्ण खेल हुने
सचिवलय सदस्य सुवास भण्डारीले जानकारी दिए।
प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
साथै, सुन्दरहरैंचा नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएकालाई व्हिलचेयर प्रदान गरिने उल्लेख गरिएकाे छ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए ।





