विराटनगर । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
आइतबार दिउँसो चेकजाँचका क्रममा एक ट्रकबाट ६ सय ७८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेकाे हाे ।
रतुवामाई नगरपालिका वडा नं. १ हटियाडाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको डालाभित्र फल्स बटम बनाएर राखेकाे अवस्थामा गाँजा फेला पारेको हो ।
प्रहरीले ट्रक चालक र ट्रक धनी दुवैलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ बस्ने समेल राई र ट्रक धनी सोही गाउँपालिका वडा नं. १ बस्ने विक्रम विशुङ्खे छन्





