सुन्दरहरैँचा / सुन्दरहरैँचामा बृहत् गजल महफिलकाे आठौं शृङ्खला सम्पन्न भएको छ ।

राइडर्स महफिलले आयाेजना गरेको साे कार्यक्रममा सुनसरीका गजलकार राेमु अधिकारी, माेरङकी सृष्टि सावित्रा, झापाका कृष्ण कास्यपले १८ वटा सुन्दर गजल सुनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा. डा. देवी नेपाल रहेका थिए । उनले याे महफिल अद्भुत गज्जव भएकाले आफू धेरै प्रभावित भएको बताए । एउटा सष्टाकालागि यस्ता कार्यक्रमले धेरै महत्त्व राख्ने उल्लेख गरे । साे कार्यक्रममा झापाका सृष्टा अभागी थेगुवालाई सम्मान समेत गरिएको थियो ।

बाल बगैंचा मन्टेश्वरी स्कुलमा भएको कार्यक्रममा विद्यार्थीहरूले पनि सुन्दर गायन प्रस्तुत गरेका थिए । राइडर्सका अध्यक्ष खेमराज दाहालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे व्यवस्थापन यादव भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया