लभ्ली एन्जल्स् बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव सम्पन्न : पत्रकार मणिराम दाहाल सम्मानित
सुन्दरहरैँचा / लभ्ली एन्जल्स् इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–२, मृगौलियास्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदा...









