सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुकुना माविकाे खेलमैदानमा सम्पन्न भएको छ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न भएको हाे । साे प्रतियोगितामा २१ स्वर्ण, १६ रजत र १३ कास्य पदकसहित साजीलाल माध्यमिक विद्यालय प्रथम भएको छ। उसले लगातार चाैचाे पटक शिल्ड जितेको हाे । त्यसैगरी १३ स्वर्ण, २६ रजत र १४ कास्य पदकसहित सुकुना माध्यमिक विद्यालय दोस्रो तथा ९ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित पूर्वाञ्चल एकेडेमी तेस्रो भएको छ।
सबै खेलहरूको निर्णयपछिको अन्तिम लिडरबोर्डअनुसार सिद्धार्थ सेकेन्डरी स्कुल ७ स्वर्ण, ३ रजत र ९ कास्यसहित चौथो, जनता माध्यमिक विद्यालय बुधबारे ५ स्वर्ण, २ रजत र ५ कास्यसहित पाँचौँ, प्रभातकिरण इङ्लिस स्कुल ४ स्वर्ण, २ रजत र ६ कास्यसहित छैटौँ, शिक्षा निकेतन सलकपुर २ स्वर्ण, १ रजत र ६ कास्यसहित सातौँ, जनता माध्यमिक विद्यालय पचाम १ स्वर्ण, ३ रजत र ३ कास्यसहित आठौँ, ब्राइट फ्युचर १ स्वर्ण, १ रजत र ४ कास्यसहित नवौँ, ज्योति माध्यमिक विद्यालय १ स्वर्ण, १ रजत र २ कास्यसहित दशौँ, महेन्द्र माध्यमिक विद्यालय शुक्रवारे १ स्वर्ण र २ कास्यसहित एघारौँ, बालसदन एकेडेमी १ स्वर्ण र २ कास्यसहित बाह्रौँ, लब्ली एन्जल इङ्लिस स्कुल २ रजत र १ कास्यसहित तेह्रौँ, श्रीखण्ड माध्यमिक विद्यालय १ रजत र ३ कास्यसहित चौधौँ, टेन्डरफिट बोर्डिङ स्कुल १ रजत र १ कास्यसहित पन्ध्रौँ, दुलारी मल्टिपल १ रजतसहित सोह्रौँ, द राइजिङ इङ्लिस स्कुल २ कास्यसहित सत्रौँ र पञ्चायत माध्यमिक विद्यालय २ कास्यसहित अठारौँ स्थानमा रहेका छन् ।
विधागत खेलतर्फ एथलेटिक्समा साजीलाल माध्यमिक विद्यालय प्रथम, महिला भलिबलमा ब्राइट फ्युचर एकेडेमी प्रथम, पुरुष भलिबलमा सुकुना माध्यमिक विद्यालय प्रथम, महिला कबड्डीमा जनता माध्यमिक विद्यालय पचाम प्रथम, पुरूष कबड्डीमा सुकुना माध्यमिक विद्यालय प्रथम, उशुमा पूर्वाञ्चल एकेडेमी प्रथम, तेक्वान्दोमा साजीलाल माध्यमिक विद्यालय प्रथम र करातेमा प्रभातकिरण इङ्लिस स्कुल प्रथम भएको छ।
विजेता विद्यालयहरूलाई नगरप्रमुख केदारप्रसाद गुरागाईंले शिल्ड ट्रफी मेडल प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास गर्नुका साथै विद्यार्थीहरूमा अनुशासन, प्रतिस्पर्धात्मक भावना, सहकार्य र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुगेको आयोजकले बताएका छन् ।





