प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव : मुख्यमन्त्री कार्कीले गरे उदघाटन
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङ सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा ज्ञान र सिपको उत्सव सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२ सोमबारदेखि सुरू भएको छ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुन...









