घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण
सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ ।
मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । का...









