;

पत्रकार तथा साहित्यकार मणिराम दाहाल : संक्षिप्त परिचय

पत्रकार तथा साहित्यकार मणिराम दाहाल : संक्षिप्त परिचय
मणिराम दाहाल नेपालको मोफसल पत्रकारिता, साहित्य तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। उहाँको जन्म वि.सं. २०४२ साल पुस २९ गते मोरङ जिल्लामा भएको हो। उहाँका बुबा जयप्रसाद दाहाल र आमा रुक्मणि दाहाल हुनुहुन्छ। छ जना दाजुभाइ–दिदीबहिनीमध्ये उहाँ कान्छो सन्तान हुनुहुन्छ। उहाँले सुकुना बहुमुखी क्याम्पस, विराटचोक, मोरङबाट बी.एड. (नेपाली) विषयमा स्नातक तहको अध्ययन गर्नुभएको छ। वि.सं. २०६८ साल असा...

सुन्दरहरैँचा नगरपालिकाको अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न सक्रियता

सुन्दरहरैँचा नगरपालिकाको अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न सक्रियता
मणिराम दाहाल / सुन्दरहरैँचा असार १ गतेदेखि भदौ मसान्तसम्म नदी तथा खोलाजन्य पदार्थ उत्खनन बन्द गर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्दै मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैध चोरी–निकासी नियन्त्रणलाई प्रभावकारी बनाएको छ। नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासी हुन नदिन नगरपालिकाले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सलकपुर तथा सशस्त्र प्रहरी बल लक्ष्मीमार्गको संयुक्त टोली परिचाल...

सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै

सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै
सुन्दरहरैचा— गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता माझीको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्। स्नातक अध्ययनरत माझी आर्थिक अवस्था कमजोर भएकै कारण साथीहरूले सहयोग जुटाएर १५ दिनदेख...

सुन्दरहरैँचामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न

सुन्दरहरैँचामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना सामुदायिक हस्पिटलको प्राङ्गणमा बिहीबार आयोजित शिविरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगर र सुकुना सामुदायिक हस्पिटलले प्राविधिक सहयोग तथा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका थिए। शिविरमा स्त्री तथा प्रसूति रोग, स्तन क्यान्स...

पूर्वाञ्चल पब्लिकमा अन्तरहाउस हाजिरीजवाफ सम्पन्न

पूर्वाञ्चल पब्लिकमा अन्तरहाउस हाजिरीजवाफ सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–५, फिमरास्थित पूर्वाञ्चल पब्लिक सेकेन्डरी स्कुलमा अन्तरहाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ। विद्यार्थीमा रहेको ज्ञान, तर्कशक्ति र प्रस्तुतिकरण क्षमताको परीक्षणसँगै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा विद्यालयका विभिन्न कलर हाउसका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रश्नोत...

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक
माेरङ/ लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति 'मोरे सैया' सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ। नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन क...

यमबुद्ध फाउण्डेसनद्वारा सुकुना क्याम्पसमा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

यमबुद्ध फाउण्डेसनद्वारा सुकुना क्याम्पसमा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
सुन्दरहरैँचा / यमबुद्ध फाउण्डेसनले स्वर्गीय अनिल अधिकारी (यमबुद्ध)को स्मृतिमा सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा मोरङमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ। फाउण्डेसनले ‘यमबुद्ध छात्रवृत्ति अक्षयकोष, सुकुना बहुमुखी क्याम्पस’ का लागि १० लाख प्रदान गरेको हो। फाउण्डेसनका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले आयोजित एक समारोहबीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द...

निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैँचाको छैटौँ नगर अधिवेशन तथा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिक

निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैँचाको छैटौँ नगर अधिवेशन तथा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिक
सुन्दरहरैँचा / निवृत्त राष्ट्रसेवक समाज, नेपाल सुन्दरहरैँचा नगर कार्यसमितिको छैटौँ नगर अधिवेशन तथा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिकीकरण कार्यक्रम बुधबार सुन्दरहरैँचा वडा -९ सलकपुरमा सम्पन्न भएको छ। ‘सबै निवृत्त राष्ट्रसेवक एक हौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, न्यायसेवा तथा विभिन्न संघसंस्थाबाट सेवानिवृत्त राष...

सुन्दरहरैंचा नगरवासीलाई स्वास्थ्य उपचारमा छुट, नोबेल मेडिकल कलेजसँग सम्झौता

सुन्दरहरैंचा नगरवासीलाई स्वास्थ्य उपचारमा छुट, नोबेल मेडिकल कलेजसँग सम्झौता
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका र नोबेल मेडिकल कलेजबीच नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सोमबार नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख दिपेश राई र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार सुन्दरहरैंचा नगरवासीले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस्त...

गर्मी छल्न लेटाङको याङ्शिला आकर्षक गन्तव्य बन्दै

गर्मी छल्न लेटाङको याङ्शिला आकर्षक गन्तव्य बन्दै
लेटाङ / मोरङको लेटाङ नगरपालिका–८ याङ्शिला पछिल्लो समय गर्मी छल्न र केही समय रमाइलो वातावरणमा बिताउन चाहनेहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। लेटाङ बजार लगायत आसपासका क्षेत्रबाट दैनिकजसो मानिसहरू याङ्शिला पुगेर चिसो वातावरणमा खाजा तथा खानाको स्वाद लिने गरेका छन्। हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण याङ्शिला छोटो दूरीको ‘रिफ्रेसमेन्ट’ गन्तव्यका रूपमा लोकप्रिय हुँदै गएको हो। ...
;