सुन्दरहरैंचामा मगर समुदायको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा मगर समुदायको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / नेपाल मगर संघ सुन्दरहरैंचा नगर समितिले मगर समुदायको मौलिक पर्व माघे सकराती तथा नयाँ वर्ष (मिनाम ल्हेस–५०१५) को अवसरमा शुभकामना आदानप्रदान परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। मोरङकोमा मगर इतिहास, भाषा र संस्कृतिको संरक्षण–सम्बर्द्धनलाई मूल मन्त्रका रूपमा अघि बढाउँदै सुन्दरहरैँचा ९ स्थित आदिवासी जनजाति धार्मिक स्थलमा शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमसहित माघे सक्...

सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा  उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता  हुने
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङ सुन्दरहरैँचा नगरपालिकामा सिद्वार्थ युवा क्लबको आयोजनामा दाेस्रो उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ। महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगिता सुन्दरहरैँचाकाे गछिया खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ। ‘स्वास्थ्यका लागि खेलक...

विष्णु भण्डारीको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श

विष्णु भण्डारीको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श
सुन्दरहरैँचा / बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा भण्डारीको कृतिको विमर्श गरिएको हो । उक्त अवसरमा विराटनगरका स्रष्टा रोहिणी रसिकको (कवितासङ्ग्रह) ‘छन्द आराधना’ को समेत विमर्श गरिएको थियो । खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्रा...

सुकुना क्याम्पसमा यमबुद्ध ट्रिब्युट कार्यक्रम हुँने : छात्रवृत्ति कोष स्थापना मुख्य उद्देश्य

सुकुना क्याम्पसमा यमबुद्ध ट्रिब्युट कार्यक्रम हुँने : छात्रवृत्ति कोष स्थापना मुख्य उद्देश्य
मणिराम दाहाल / सुन्दरहरैँचा स्वर्गीय नेपाली र्‍यापर यमबुद्ध (अनिल अधिकारी) को स्मृतिमा सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा यमबुद्ध श्रद्धाञ्जली तथा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। यमबुद्ध फाउन्डेसनको आयोजनामा माघ १ गते कार्यक्रम हुन लागेको हो। सुन्दरहरैँचा–१२, मोरङमा आयोजना हुने यस कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब, असहाय तथा पढाइबाट वञ्चित विद्यार...

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ : विमर्श कार्यक्रम चितवनमा सम्पन्न

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ : विमर्श कार्यक्रम चितवनमा सम्पन्न
सुन्दरहरैँचा / चितवनमा आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समालोचक उदय अधिकारी र धनराज गिरीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। कार्यक्रममा समालोचक उदय अधिकारीले उपन्यासले सहरी संस्कृतिले जन्माएका विकृति र विसङ्गतिलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको बताए। उनल...

कविता : “यहाँ मान्छेहरू “

कविता : “यहाँ मान्छेहरू “
यहाँ मान्छेहरु आज ढुङ्गा जस्तो भएछन यहाँ मान्छेहरु आज डुङ्गा जस्तो भएछन। कति स्वार्थी छ मान्छे! कति निठुरी छ मान्छे! मालीलाई टाढा बनाएर, फुलबारीका फुलहरुलाई छिन्नभिन्न पारेर आफू स्वार्थी भएको छ आज मान्छे। हिजो हिमालमा गुराँस हाँसेर फुलेजस्तो लाग्दथ्यो आज हिमाल नै रोएर फेरि गुँरास मागेजस्तो लाग्छ । कति बगाउँदछौ ए मान्छेहरु! हाम्रा गुराँसका थुँगाहरु बाग्मती अनि गण्डकीमा ! सँगालेर राख ...

मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न

मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न
सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा १२ विराटचोकस्थित मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा पानस पाटी प्यालेसमा शनिबार भएको हो। संस्थाका अध्यक्ष रुपेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी ...

दोस्रो बेलबारी महोत्सव हुने : करिव ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा

दोस्रो बेलबारी महोत्सव  हुने : करिव  ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा
सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिकास्थित दोस्रो बेलबारी महोत्सव पुस २५ देखि माघ ५ गतेसम्म सञ्चालन हुने भएको छ । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । बुधबार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरी संघले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । ‘स्थानीय उत्पादनलाई प्राथमिकता स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेक...

सुन्दरहरैँचा नगरपालिकाबाट करदाता सेवा प्रवाहको शुभारम्भ

सुन्दरहरैँचा नगरपालिकाबाट करदाता सेवा प्रवाहको शुभारम्भ
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट करदाता सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको छ। ।।सुन्दरहरैँचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोकको संयुक्त आयोजनामा मंगलबार आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यवसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्...

स्वदेशमै उद्यम गरी सफल बनेका दिपेन्द्र पौदार : “किन्नौँ सबै, सिद्धार्थ इलेक्ट्रोनिक्समै”

स्वदेशमै उद्यम गरी सफल बनेका दिपेन्द्र पौदार : “किन्नौँ सबै, सिद्धार्थ इलेक्ट्रोनिक्समै”
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङकाे बेलबारीमा अवस्थित सिद्धार्थ इलेक्ट्रोनिक्स स्थानीय मात्र नभई पूर्वी नेपालकै विश्वासिलो इलेक्ट्रोनिक्स व्यवसायका रूपमा परिचित बनेको छ। “किन्नौँ सबै, सिद्धार्थ इलेक्ट्रोनिक्समै” भन्ने नारालाई आत्मसात् गर्दै स्थापना कालदेखि नै गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको यो व्यवसायका सञ्चालक हुन् प्राे. दिपेन्द्र पौदार। बेलबारीका पुराना ब...