;

सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको अन्तिम मतगणनामा महिला खुलातर्फ नितु थापा कोइराला निर्वाचित भएकी छन्।

अन्तिम मतपरिणामअनुसार थापा कोइरालाले ५०७ मत प्राप्त गर्दै महिला खुलातर्फ पहिलो स्थान हासिल गरेकी हुन्। उनी मोरङ–३ बाट महिला खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

थापा कोइराला बेलबारी नगरपालिकाकी उपप्रमुख हुन्। स्थानीय तहको नेतृत्वसँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी उनले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने सफलता प्राप्त गरेकी हुन्।
निर्वाचन परिणामसँगै थापा कोइरालालाई कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

;