;

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा गणेशराज कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। जनप्रतिनिधि तथा नगरवासीले कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । दमक नगरपालिकाबाट सरूवा भएर सुन्दरहरैंचा आएका कार्की यसअघि पनि यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका अनुभवी प्रशासक हुन्। जिम्मेवारी ग्रहण गर्दै कार्कीले सुशासन, प...

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त सं...

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह
सुन्दरहरैँचा / आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी ठूलो एकादशी । हिन्दू सनातन परम्परा अनुसार आजको दिन भगवान् विष्णु शयनबाट जाग्रित हुने दिनका रूपमा मनाइन्छ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुली एकादशी भनिएको हो । यसै अवसरमा देशभरका भक्तजनले तुलसी विवाह गरी ध...

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित
मणिराम दाहाल / सुन्दरहरैंचा पूर्वी नेपालका मोरङ, झापा र सुनसरीका किसानहरू बेमौसमी वर्षा र हावाहुरीका कारण चिन्तित बनेका छन्। निरन्तर परेको वर्षाले काट्न लागेको धान खेतमै डुबाएको छ भने पाक्न लागेको बाली समेत ढलेर नष्ट भएको छ। बिहीबार बेलुकादेखि शुक्रबार दिनभरी निरन्तर परेको अविरल वर्षाले सुन्दरहरैंचा, बुढीगंगा, बेलबारी नगरपालिका र आसपासका क्षेत्रका खेतबारी जलमग्न बनेका छन्। किसानका काटेक...

भगवान् र आत्माको सवाद

भगवान् र आत्माको सवाद
- छवि वैरागी घिमिरे आत्मा भन्छ .........! हे भगवान् संसारका सबै मन्दिर घुमेँ घण्टी बजाएँ, दीप बालेँ शास्त्रका पाना पल्टाएँ तर तिमी भेटिएनौ कहाँ लुक्यौ तिमी ? भगवान् उत्तर दिन्छन् ..........! म लुकेको थिइनँ आत्मा तैँले तेरै आँखाभित्र फर्केर हेरिनस् बरु ढुङ्गाको मूर्तिमा फूल चढाइरहिस् तर म तेरो श्वासभित्र प्रतीक्षा गरिरहेको थिएँ। आत्माले फेरि सोध्छ .......! के म मन्दिर बन...

नेपालमा विद्रोह र परिवर्तन

नेपालमा विद्रोह र परिवर्तन
- दुर्गाप्रसाद खरेल नेपालमा विद्रोह र परिवर्तनको कथा नयाँ होइन । यो राष्ट्र पटकपटक राजनैतिक विद्रोहपश्चात् सुखद तथा दुःखद मिश्रित अवस्थाबाट गुज्रिएको कहानी इतिहासमा लेखिएका छन् । वि.सं. २००७ सालदेखि २०८२ सालसम्म मुलुकको ७५ वर्षको अवधिमा ६ पटक व्यवस्था र नेतृत्व परिवर्तनकारी आन्दोलन तथा विद्रोह भएको पाइएको छ । घरि प्रजातन्त्र खोसिँदै निरंकुश राजतन्त्रात्मक व्यवस्था र फेरि प्रजातन्त्र ...

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण

घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण
सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ । मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । का...

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा

तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा
सुन्दरहरैँचा / बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्...

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई  अर्घ्य 
सुन्दरहरैँचा / कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख ...

मोरङको केरावारी गाउँपालिका : जेफाले पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै

मोरङको केरावारी गाउँपालिका : जेफाले पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै
सुन्दरहरैँचा / मोरङ जिल्लाको केरावारी गाउँपालिका–२ स्थित जेफाले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। हरियालीले ढाकिएको डाँडाकाे फेदिमा अवस्थित यो बस्तीले आसपासका घरहरू, खेतबारी र रमणीय पहाडी दृश्यको अद्भुत संयोजन प्रस्तुत गर्छ। जेफालेबाट वरिपरिका घरहरूमा देखिने रङ्गीन छानाहरू, हरिया वनपाखा र स्वच्छ आकाशको सुन्दर मिलनले यहाँ आउने जो–कोहीलाई मोहित बनाउँछ। स्थानीय बासिन्दाहरूका अनु...
;