सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहको १५ आँ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले वन जोगाउन सबै उपभोक्ता सचेत हुनुपर्ने बताए । उनले १ हजार परिवार रहेको समूहबाट वनको रेखदेख तथा वृक्षरोपण लगायतका काम गर्न १० प्रतिशत पनि उपस्थित नहुनु दुःखद भएको बताए ।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दाहालले आफ्नो कार्यालय मातहतमा रहेका ७ वटा सामुदायिक वन उपभोक्ता समूहमध्ये हरेक क्षेत्रमा पुछारमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहलाई अघि बढाउन कार्यसमिति तथा उपभोक्ता सबै लाग्नुपर्नेमा जोड दिए । साधारणसभालाई सो वन उपभोक्ता समूहका पूर्व अध्यक्ष भक्तिप्रसाद सिटौलाले सम्बोधन गरेका थिए ।

समूहका अध्यक्ष लेखनाथ प्रसाईँले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। लेखा समितिका संंयोजक डण्डबहादुर खड्काले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । मेश आचार्यले सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष तारा अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया