सुन्दरहरैँचा / अर्थमन्त्रीले मोरङको सुन्दरहरैँचामा अवस्थित नेपालिरिका होटलको विशेष भ्रमण गर्नुभएको छ।

भ्रमणका क्रममा उहाँले हालैको Gen-Z आन्दोलनपछि पनि होटल पुनः नियमित रूपमा सञ्चालनमा फर्किएको देखेर खुशी व्यक्त गर्नुभएको छ। अर्थमन्त्रीको यस सकारात्मक प्रतिक्रिया र हौसलाले होटल व्यवस्थापन तथा सम्पूर्ण टिम उत्साहित र प्रेरित भएको नेपालिरिका होटलले जनाएको छ। उहाँले निजी क्षेत्रले भोग्दै आएको चुनौतीबीच पनि निरन्तरता र प्रतिबद्धता देखाएकोमा प्रशंसा गर्नुभएको थियो।

यस अवसरमा अर्थ मन्त्रालयका सम्माननीय टिम, महानिर्देशकहरू (DGs) तथा सचिवहरूको समेत उपस्थिति रहेको थियो। होटल व्यवस्थापनले उहाँहरूको समर्थन, समझदारी र सहकार्यप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै यसले निजी क्षेत्रप्रति सरकारको सकारात्मक दृष्टिकोण झल्काएको बताएको छ।

नेपालिरिका होटलले आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रवाह, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिमा योगदान पुर्‍याउन निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

तपाईको प्रतिक्रिया