मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिनकाे औपचारिक कार्यक्रममा प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी थिए । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको थियाे । समारोहकाे अवसरमा सिनियर तथा जुनियरकाे गायन तथा नृत्य प्रतियाेगिता भएको थियाे । कार्यक्रममा विभिन्न दाताहरूबाट स्थापना गरिएको अक्षयकाेषबाट छात्रवृत्ति वितरण गरिएको थियाे । कार्यक्रममा सुकुना साङगीतिक साँझका साथै नृत्य ,कविता बाचन गरिएको थियाे ।
तेसै गरि दाेस्रो दिनकाे कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उप-कुलपति प्रा.डा. बिजुकुमार थपलियाको प्रमुख आथित्यतामा विविध गतिविधि भएको थियाे ।समारोहमा रमाइलो शिक्षक नृत्यबाट स्वागत गरिएको थियाे । कार्यक्रममा नाैमति बाजा प्रस्तुत तथा तेक्वान्दो प्रदर्शनी भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि पियुका उपकुलपति प्रा.डा. थपलियाबाट शिलालेख अनावरण गरिएको थियाे । कार्यक्रममा पुरातात्त्विक प्रदर्शनी , विज्ञान प्रविधि प्रदर्शनी , स्वास्थ्य आयुर्वेद स्टल , कानुनी अदालत र हाेटल म्यानेजमेन्ट स्टलकाे अवलोकनका साथ लाखे नाच समेत प्रस्तुत भएको विद्यालयका सहायक प्रमुख राजेन्द्रप्रसाद गिरिले जानकारी दिए ।
उक्त वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका प्र.अ. हिक्मतबहादुर वस्नेतबाट वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियाे । कार्यक्रममा डा. ईश्वरकुमार राईकाे सहजीकरणमा सुकुना जर्नल विमाेचन गरिएको थियाे । समारोहमा शैक्षिक अवकाश भएका शिक्षक भीमप्रसाद दाहाललाई सम्मानका साथै एक ताेलाकाे सुनकाे अाैठी शिक्षक कर्मचारीकाे तर्फबाट मायाकाे चिनाे स्वरूप प्रदान गरेर विदाई गरिएको थियाे । विदाइ भएर जाने शिक्षक दाहालले छात्रवृत्ति अक्षयकाेषका लागि विद्यालयलाई रू २ लाखकाे चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सुकुना सिङगिङ डान्सिङ आइडलकाे नतिजा घाेषणा र पुरस्कार वितरण गरिएको थियाे । कार्यक्रममा विद्यालयका पूर्व प्र.अ. मेदिनी वराल, साजीलाल मा.वि.का प्र.अ श्याम काफ्ले , विद्यालयका पूर्व अध्यक्ष पदम न्याैपाने , विशिष्ट अतिथिका तर्फबाट शिक्षासेवी काेषराज न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुकुना माविकाे वार्षिकोत्सब तथा अभिभावक दिवसकाे अवसरमा खेलकुद महोत्सव,सिङगिङ एण्ड डान्सिङ आइडल फाइनल, स्वागत कार्यक्रम, छात्रवृत्ति तथा शैक्षिक पुरस्कार वितरण, शिलालेख अनावरण, पुस्तक विमोचन, विभिन्न प्रदर्शनी तथा विद्यार्थीहरूको रमाइलो नृत्य प्रस्तुति लगायत विविध गतिविधिका साथ सम्पन्न भएको विद्यालयका शिक्षक माधव दाहालले जानकारी दिए ।





