केराबारी / माेरङकाे केराबारी–८ मा रहेको हजारविघा सामुदायिक वन समूहको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समूहका अध्यक्ष रूद्रबहादुर खत्रीको सभापतित्वमा सम्पन्न सभामा ८ नं. वडाध्यक्ष कमलकुमार वस्नेत प्रमुख अतिथि थिए । सब डिभिजन वन कार्यालयका प्रमुख किशोर बराल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

सभामा आ.व. २०८१/०८२ को कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । सचिव रुद्रप्रसाद बजगाईंले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक तुलसीबहादुर वस्नेतले लेखा प्रतिवेदन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया