मणिराम दाहाल / सुन्दरहरैँचा

सहारा नेपाल साकोसको २९औँ इकाई साधारण सभा सेवा केन्द्र बेलबारीको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न भएको छ।

साधारण सभामा २५१ जना सदस्यहरूको सहभागिता रहेको थियो। सेवा केन्द्र उपसमिति सदस्य रिता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष डम्बरबहादुर देउजा र उपनिर्देशक ईश्वरप्रसाद भट्टराई मुल कार्यालय प्रतिनिधिका रूपमा उपस्थित थिए । कार्यक्रमको उदघाेषण कर्मचारी राजकुमार सरदार तथा स्वागत मन्तव्य सेवा केन्द्र प्रमुख सरिता गिरीबाट भएको थियाे ।

साधारण सभाका प्रमुख अतिथि समूह नम्बर १९१ की सदस्य तथा समाजसेवी सीता सुबेदी रहेकी थिइन् । कार्यक्रममा कमला देवी ढकाल, सरिता नेपाल र लछिमा चुडाल लामिछाने (समूह सदस्य) द्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो। त्यस्तै राधिका राई, कमल खड्का र सिर्जना गौतमले अन्य तीनवटा सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

सभामा अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम कोषाध्यक्ष डम्बरबहादुर देउजाले प्रस्तुत गरे । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सेवा केन्द्र प्रमुख सरिता गिरीले प्रस्तुत गरिन् । ऋण उपसमिति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन उपनिर्देशक ईश्वरप्रसाद भट्टराईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट सदस्यहरूलाई पुरस्कृत पनि गरिएको थियो। सबैभन्दा बढी ऋणमा ब्याज तिरी संरक्षित पूँजी कोषबाट बढी बोनस फिर्ता पाउने सदस्यका रूपमा सीतादेवी निरौलालाई सम्मान गरिएको थियो । सबैभन्दा बढी बचत गरी बढी ब्याज प्राप्त गर्दै संरक्षित पूँजी कोषबाट बढी बोनस पाउने सदस्यका रूपमा दिपेन्द्र गिरी पुरस्कृत भए ।

सेवा केन्द्रको माइनट प्रमाणित गर्न १७ जना तथा अन्तिम माइनट प्रमाणितका लागि ३ जनाको नाम छनोट गरिएको तथा साधारण सभामा प्रस्तुत सबै प्रस्ताव र प्रतिवेदन सेवा केन्द्र प्रमुख सरिता गिरीबाट पारित भएको अनुगमन अधिकृत महेश तामाङले जानकारी दिए।

प्रमुख अतिथिबाट शुभकामना मन्तव्य व्यक्त गर्दै गत आर्थिक वर्षमा सहारा नेपाल साकोसले ३२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिइयो। उक्त मुनाफामध्ये शेयर लाभांशका लागि १० करोड ५५ लाख रुपैयाँ र संरक्षित पूँजी कोष फिर्ताका लागि ४ करोड ७२ लाख रुपैयाँ शेयर सदस्यहरूलाई वितरण गर्ने योजना रहेको जानकारी गराइएको थियो।। सामूहिक नृत्यसहित कार्यक्रमको समापन अध्यक्ष रिता दाहालबाट भएको थियाे ।

तपाईको प्रतिक्रिया