पत्रकार तथा साहित्यकार मणिराम दाहाल : संक्षिप्त परिचय
मणिराम दाहाल नेपालको मोफसल पत्रकारिता, साहित्य तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। उहाँको जन्म वि.सं. २०४२ साल पुस २९ गते मोरङ जिल्लामा भएको हो। उहाँका बुबा जयप्रसाद दाहाल र आमा रुक्मणि दाहाल हुनुहुन्छ। छ जना दाजुभाइ–दिदीबहिनीमध्ये उहाँ कान्छो सन्तान हुनुहुन्छ।
उहाँले सुकुना बहुमुखी क्याम्पस, विराटचोक, मोरङबाट बी.एड. (नेपाली) विषयमा स्नातक तहको अध्ययन गर्नुभएको छ। वि.सं. २०६८ साल असा...









