सुन्दरहरैँचामा घरनक्सा सेवा बन्द : सेवाग्राही र परामर्शदाताद्वारा ज्ञापनपत्र
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको घरनक्सा शाखा लामाे समयदेखि ठप्प भएको भन्दै सेवाग्राहीहरू र घरनक्सा परामर्शदाताहरूले प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने मार्फत ज्ञापनपत्र बुझाएका छन्।
गत तीन महिनादेखि विद्युतिय घरनक्सा सेवा प्रणाली (Software) काम नगरेको कारण नगरवासीहरू घरनक्सासम्बन्धी सबै सेवाबाट वञ्चित भएको भन्दै ज्ञापनपत्रमार्फत गुनासो प्रकट गरिएको हो...








