मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको घरनक्सा शाखा लामाे समयदेखि ठप्प भएको भन्दै सेवाग्राहीहरू र घरनक्सा परामर्शदाताहरूले प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने मार्फत ज्ञापनपत्र बुझाएका छन्।
गत तीन महिनादेखि विद्युतिय घरनक्सा सेवा प्रणाली (Software) काम नगरेको कारण नगरवासीहरू घरनक्सासम्बन्धी सबै सेवाबाट वञ्चित भएको भन्दै ज्ञापनपत्रमार्फत गुनासो प्रकट गरिएको हो।
ज्ञापनपत्रमा सात दिनभित्र विद्युतिय प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरिएको छ। साथै, आवश्यक जनशक्ति व्यवस्थापन, अमिनको संख्या वृद्धि, सेवाग्राही र विशेषज्ञसँग नियमित सल्लाहसुझाव लिनुपर्ने लगायतका सात बुँदे मागहरू समावेश गरिएको छ।
सेवाग्राहीहरूले चेतावनी दिएका छन् कि तोकिएको समयमा मागहरू पूरा नभएमा थप प्रकृयाहरू सशक्त रूपमा अगाडि बढाइनेछ छ ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने समस्या समाधानका लागि ध्यानाकर्षण गरिसकिएको र चाँडै समाधानका लागि आवश्यक पहल सुरू गरिएको आश्वासन दिएका छन् ।





