सुन्दरहरैँचा / इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका छन्  ।

चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै इन्द्रपुर खानेपानीका अध्यक्ष  चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका हुन् । कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चाडपर्वको समयमा पानीको खपत बढ्ने भएकाले यसबारे जानकारी गराइएको बताए ।

अध्यक्ष चापागाईंका अनुसार हाल खपतभन्दा बढी उत्पादन भएकाले पानी वितरणमा कुनै समस्या नआउने स्पष्ट पारे । साथै, समितिले सम्पन्न गरेका कामहरू र आगामी योजना सम्बन्धी जानकारी समेत प्रस्तुत गरेका थिए । यस्तै खानेपानीको अवस्थाका बारेमा प्राविधिकले समेत जानकारी गराएको छ ।

साथै इन्द्रपुर खानेपानीमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार भएको बताइएको छ ।  करिब ८ हजारभन्दा बढी घरधुरीलाई एकैपटक खानेपानीको पहुँच सुनिश्चित गर्नु उपलब्धिमूलक मानिएको छ ।

केदारप्रसाद गुरागाईंको नेतृत्वमा सुरू गरिएको खानेपानी आयोजना तथा सेवा विस्तार हाल नवराज चापागाईंको कार्यकालसँगै अघि बढेको छ । अध्यक्ष चापागाईंले भने  “ठूलो क्षेत्रफल र अत्यधिक मागका बीच कहिलेकाहीँ कमजोरी देखिन सक्छ, तर हामी निरन्तर सुधारमा लागिरहेका छौँ ।

स्थानीयहले हालकाे अवस्थामा  पानी आपूर्तिमा सहज भएको बताएका छन् ।  त्रिवेणीचोक उत्तर खानेपानीको ठूलो समस्या यस आयोजनाले  सावधान गरेको  उल्लेख गरिएको छ । खानेपानीका अध्यक्ष  चापागाईंले नयाँ बोरिङ थप गर्नेदेखि पाइप लाइन बिस्तार, तथा पुरानो मर्मत सम्भार गरी गुणस्तरीय  पानी वितरण लगायतका सुधारमूलक कार्य भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया