सुन्दरहरैँचा / जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरले ६ थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिए ।
नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन वस्नेत लगायतले नगर प्रमुख केदारप्रसाद गुरागाई , प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका थिए ।
यसैबिच सुन्दरहरैँचा नगरपालिकाको शिक्षा शाखाका लागि सुन्दरहरैचाको सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुलले एक एक थान दराज, कुर्सी र टेबल उपलब्ध गराउने समेत जानकारी दिइएको छ ।





