केराबारी / आमाको निधन भएको बर्षदिन नबित्दै मोरङको केराबारी ९ भलुवा घर भइ बेलबारी ३ मा बसोबास भएका जुम्ल्याहा दाजुभाईको १५ दिनको अन्तरमा निधन भएपछि यतिबेला भलुवा गाँउ शोकमा डुबेको छ ।
दाजुभाईको निधन सँगै एउटा रहस्यमय घटना समेत सार्बजनिक भएको छ । आमाको निधन भएपछि घरमा परम्परा अनुसार बिजुवा (धामी) लगाउँदा अब दुई जना भाइ चाहिन्छ भनिएको थियो रे। त्यसबेला दुबैजना जुम्ल्याहा दाजु हरिप्रसाद र भाई हरिचन्द्र लिम्बु विदेशमा थिए । दशैं मनाउन दाजु नेपाल फर्किए,उनी घर आएको चार दिनमै निधन भयो। धार्मिक परम्परा अनुसार घर चोख्याउने क्रममा धामीको शरिरमा दाजुको आत्मा आएको र “भाइको धेरै माया लाग्छ, उसलाई पनि साथमा लैजानेछु” भनेपछि पिडामा रहेका परिवार र छिेमकी थप शसंकित बनेका थिए ।
सुन्दा सबैको मन थामिएन, परिवारले विश्वास गर्न पनि सकेनन्, तर केही दिनमै बहराईनमा रहेका भाइको पनि निधन भएको छ । यो घटनाले यतिबेला सबैलाई दुःखद मात्र नभएर अचम्मित समेत बनाएको स्थानीय समाजसेवी पुर्ण राई बताउँछन । मृतक दाजुभाई ५९ बर्षका थिए । -नरेन्द्र बस्नेत





