सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१२ निवासी बिनिता अधिकारीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मिसेस नेपाल वर्ल्ड २०२५ मा प्रतिस्पर्धा गरिरहेकी छन्।
सुन्दरहरैंचाकी अधिकारीलाई जिताउन स्थानीयदेखि सम्पूर्णलाई भोटमार्फत सहयोग गर्न परिवार, आफन्त र शुभेच्छुकहरूले आग्रह गरेका छन्। रिबन इन्टरनेटको आयोजनामा यो कार्यक्रम गरिएको हो ।
प्रतियोगितामा जित्न भोटको ठूलो भूमिका रहने भएकाले अधिकारीको पक्षमा धेरैभन्दा धेरै भोट दिन अपिल गरिएको छ। यसका लागि मोबाइलमा Khalti एप डाउनलोड गरी KYC Verify गरेर Voting Section मा गई Contestant No.16 — Binita Adhikari मा भोट गर्न सकिने व्यवस्था गरिएको छ। “हाम्रो प्रदेशको गौरवका लागि सबैले हातेमालो गरौँ, धेरैभन्दा धेरै भोट गरेर बिनिता अधिकारीलाई विजयी गराऔँ” ।





