आज विजयादशमी : टीकाको उत्तम साइत बिहान १०:२६ बजे, दिनभर लगाउन सकिने
सुन्दरहरैँचा / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ।
असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको प्रतीकका रूपमा मनाइने विजया दशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। आजको दिन परिवारका सदस्य, आफन्तजन तथा इष्टमित्र एकै ठाउँमा भेला भएर टीका र जमरा लगाउने, आशीर्वाद लिने तथा आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने गरिन्छ। दसैँको टीकाले...









