सुन्दरहरैँचा नगरपालिकाको अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न सक्रियता
मणिराम दाहाल / सुन्दरहरैँचा
असार १ गतेदेखि भदौ मसान्तसम्म नदी तथा खोलाजन्य पदार्थ उत्खनन बन्द गर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्दै मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैध चोरी–निकासी नियन्त्रणलाई प्रभावकारी बनाएको छ।
नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासी हुन नदिन नगरपालिकाले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सलकपुर तथा सशस्त्र प्रहरी बल लक्ष्मीमार्गको संयुक्त टोली परिचाल...









