जडीबुटी अनुसन्धान र औषधि उत्पादनमा जोड दिन मन्त्री पुनको आग्रह
सुन्दरहरैँचा / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज तथा शिक्षण अस्पतालको अवलोकन गर्नुभएको छ।
आइतबार बिहान गोठगाउँ पुग्नुभएका मन्त्री पुनले अस्पतालको पूर्वाधार तथा आगामी सम्भावनाबारे जानकारी लिनुभएको थियो। उहाँले विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
मन्त्री पु...









