रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू
– लक्ष्मी रिजाल
म खोटाङको पहाडी धरातल (ज्यामिरे) मा जन्मीहुर्केकी नारी हुँ । अहिले म सप्तरीको रूपनगरमा रहे पनि, जहिल्यै मेरो मनमा ज्यामिरे माटोको सुगन्ध सधैँ टाँसिएको हुन्छ । पहाडको ढुङ्गे बाटो र तराईको समथर फाँट दुवैको अनुभवले मलाई धेरै कुरा बुझ्न सिकाएको छ– परिवर्तन केवल भूगोलमा होइन, मानिसको मनमा पनि हुन्छ भनेर । आज रामविक्रम थापाको यो गजल पढ्दा, मलाई पचासको दशकको त्यो खोटाङको सम्झना आयो...







