अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन भारत जाँदै सिद्धार्थकी बन्दना अधिकारी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा बन्दना अधिकारी भारतको कोलकातामा आयोजना हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने भएकी छन्।
कराँते खेलमा सक्रिय बन्दना अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्न लागेकी हुन्। उनको सहभागिताले विद्यालय तथा सुन्दरहरैँचाको खेलकुद क्षेत्रमा समेत उत्साह थपिएको विद्यालय...









