;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा भीम अधिकारीले उमेदवारी दिने घाेषणा गरेका छन् ।

अधिकारीले अरूको आलोचना गरेर नभई आफ्नै विचार, व्यवहार र कामबाट आफू लाई प्रमाणित गर्नुपर्ने बताएका छन् । अधिकारीले चुनावी प्रतिस्पर्धामा आरोप–प्रत्यारोपभन्दा सकारात्मक सोच, स्पष्ट दृष्टिकोण र जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनको भनाइले स्थानीय निर्वाचनमा व्यक्तिगत आलोचनाभन्दा नगर विकास, सुशासन, पारदर्शिता र नागरिकका समस्यासम्बन्धी ठोस योजना प्रस्तुत गर्नुपर्ने विषयलाई जोड दिएको छ।

अधिकारीले अघि सारेको सन्देशले उम्मेदवारहरूलाई आफ्ना योजना, क्षमता र कार्यशैलीमार्फत जनताको विश्वास जित्नुपर्ने आवश्यकतालाई औँल्याएको छ।

तपाईको प्रतिक्रिया

;