;

सुन्दरहरैँचा / सशस्त्र प्रहरी बल, नेपालले एक साताको अवधिमा सुनसरी जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएका झण्डै १५ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका अनुसार गण तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न सीमा इलाकाबाट अवैध रूपमा नेपाल भित्र्याइएका किराना सामान, लत्ताकपडा तथा तीनवटा सवारीसाधन बरामद गरेको हो।

बरामद गरिएका सामान तथा सवारीसाधनको कुल मूल्य १४ लाख ९० हजार ९ सय ८३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

;