दशैँ–तिहारमा विराटचोकमा फुड फेस्टिभल, खानाका परिकारसँगै सांगीतिक कार्यक्रम
सुन्दरहरैँचा / दशैँ–तिहारको अवसर पारेर मोरङको सुन्दरहरैँचा नगरपालिका–विराटचोकमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ।
उद्योग वाणिज्य संघ सुन्दरहरैँचाको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म फेस्टिभल सञ्चालन हुने भएको हो। चाडपर्वको समयमा स्थानीय तथा बाह्य आगन्तुकलाई मनोरञ्जन प्रदान गर्नुका साथै विभिन्न खानाका परिकार, कला र संगीतलाई एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यले कार्...









