आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह
सुन्दरहरैँचा / आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी ठूलो एकादशी । हिन्दू सनातन परम्परा अनुसार आजको दिन भगवान् विष्णु शयनबाट जाग्रित हुने दिनका रूपमा मनाइन्छ ।
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुली एकादशी भनिएको हो । यसै अवसरमा देशभरका भक्तजनले तुलसी विवाह गरी ध...









