सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा बाल सदनकी रेवा काफ्लेलाई स्वर्ण , १२ देशका खेलाडीबीच उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा चम्किइन् रेवा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित बाल सदन एकेडेमीकी छात्रा रेवा काफ्लेले चितवनमा आयोजित प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।
१२ देशका खेलाडी सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रेवाले स्वर्ण पदक हासिल गरेकी हुन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता कात्तिक १३, १४ र १५ गते सम्पन्न भएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्...









