आजदेखि सोह्र श्राद्ध सुरू : पितृ तिथिमा अपराह्नमै श्राद्ध गर्नुपर्ने
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ ।
समितिका पूर्वसदस्य तथा धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको श्राद्ध अपराह्नपछि गर्नुपर्ने शास्त्रीय विधान छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदास...









