पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालयका अध्यक्ष ओमबहादुर राई...









