सुन्दरहरैँचा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रपुर जेसिजको आयोजनामा “नारी सम्मान” कार्यक्रम सम्पन्न भएको छ।
आइतबार जेसिज सचिवालयमा आयाेजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आत्मनिर्भरता, साहस र सेवाभावको उदाहरण प्रस्तुत गर्ने महिलाहरूलाई सम्मान गरिएको कार्यक्रम संयाेजक अल्का सुवेदीले बताउनुभयो ।
कार्यक्रममा सफारी चालकका रूपमा विगत ६ वर्षदेखि निरन्तर परिश्रम गर्दै आत्मनिर्भरताको प्रेरणादायी उदाहरण प्रस्तुत गर्नु भएकी आशा विश्वकर्मा, अटो चालकका रूपमा सक्रिय रहँदै महिलाहरू पनि कुनै क्षेत्रमा पछि पर्दैनन् भन्ने सन्देश दिनु भएकी ज्योति मण्डल, सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा ३० वर्षदेखि समाजमा स्वास्थ्य सचेतना फैलाउँदै महत्वपूर्ण योगदान पुर्याउनु भएकी विष्णु माया कार्की तथा नेपालका प्रभावशाली युवामध्ये छनोट गरिने ‘Women 30 Under 30 सूचीमा परेकि सुन्दरहरैँचा–१२ की पूजा कोइराला रहेकि छन् ।
कार्यक्रम इन्द्रपुर जेसिजका अध्यक्ष जेसी समीर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि इन्द्रपुर जेसिजकी प्रथम महिला अध्यक्ष जेसी बिना सुबेदी आचार्य रहनु भएको थियो।





