सुन्दरहरैँचा / मोरङ जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन्।
‘घन्टी’ चुनाव चिन्हबाट उम्मेदवारी दिएका कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ‘रुख’ चिन्हबाट २४ हजार ३५४ मत प्राप्त गरेका छन्। त्यसैगरी ‘माटो’ चिन्हका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत पाएका छन् भने ‘सूर्य’ चिन्हका इरन राईले ७ हजार ७५२ मत प्राप्त गरेका छन्।
। निर्वाचनमा अन्य उम्मेदवारमध्ये ‘तारा’ चिन्हले १ हजार २५९, ‘हलो’ले ७३३, ‘भाले’ले ६४७, ‘चिम’ले ६४३, ‘खुकुरी’ले १२९, ‘फूल’ले १४२, ‘छाता’ले १८, ‘मादल’ले ५३, ‘आमा’ले ४९, ‘क्यामेरा’ले ४४, ‘मोबाइल’ले ५१, ‘कल’ले ३१, ‘प्लेट’ले ३० र ‘गितार’ले ८८ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा कुल ९६ हजार २८३ मत खसेको थियो। जसमध्ये ८९ हजार ४५६ मत सदर भएका छन् भने ६ हजार ८२७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





