सुन्दरहरैँचामा लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।
साधारण सभाको उदघाटन सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले गरेका थिए । सभालाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले घाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधा सम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरे । उनले नगरवासीको दीर्घकालीन आव...









