सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिका–८, सलकपुर (मोरङ) मा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

उक्त फुटवेयर कलेक्सनको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका वडा अध्यक्ष खेमप्रसाद न्यौपाने, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की तथा पूर्व अध्यक्ष कृष्णप्रसाद रिजालले संयुक्त रूपमा गरेका थिए ।

सलकपुर क्षेत्रका उपभोक्तालाई भरपर्दो, गुणस्तरीय तथा विभिन्न चर्चित ब्रान्डका जुत्ता तथा फुटवेयर एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको सञ्चालक विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उद्घाटनको विशेष अवसरमा पसलमा उपलब्ध सम्पूर्ण सामानमा २० प्रतिशतसम्म आकर्षक छुटको व्यवस्था गरिएको सञ्चालक आचार्यले बताए ।

स्थानीय स्तरमै गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकको विश्वास जित्ने लक्ष्यका साथ ‘सलकपुर जुत्ता घर’ सञ्चालनमा आएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया