सुन्दरहरैचा — इन्द्रपुर नमुना माध्यमिक विद्यालयकी कक्षा ९ की प्रतिभाशाली विद्यार्थी एरिका कार्कीले “सुन्दरहरैचा अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता २०८२” (सिजन–२) को ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै सिनियर समूहमा फस्ट रनर–अप स्थान हासिल गर्न सफल भएकी छन्।

अक्सिजन फिटनेस नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान विद्यार्थीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच एरिकाले आफ्नो आकर्षक नृत्य प्रस्तुति, आत्मविश्वास र स्टेज उपस्थितिका माध्यमबाट निर्णायक मण्डल तथा दर्शकको मन जित्न सफल भइन्।

उनको यस उपलब्धिले विद्यालय परिवार, शिक्षक तथा अभिभावकलाई अत्यन्त गौरवान्वित बनाएको छ। विद्यालय प्रशासनले एरिकाको सफलताले अन्य विद्यार्थीहरूलाई समेत अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

एरिकाको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्ने शुभकामना व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया