मोरङको बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर
माेरङ / मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले वृद्ध दम्पतीलाई विष मिसाएर खाना खुवाएको गम्भीर घटना सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार विष हालिएको खाना खुवाउँदा वृद्धा सासूको मृत्यु भएको छ । वृद्ध ससुराको अवस्था गम्भीर छ । सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीले बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ ।
स्थानीयका अनुसार शनिबार दिउँसो ७० वर्षीय भक्तबहादु...









