नागदेवी मन्दिर स्थानान्तरण , विशेष क्षमा पूजा सम्पन्न

नागदेवी मन्दिर स्थानान्तरण , विशेष क्षमा पूजा सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–सलकपुरस्थित नागदेवी मन्दिर आज विधिपूर्वक स्थानान्तरण गरिएको छ। एशियन हाईवे निर्माणका क्रममा नागथान सडकको बीच भागमा परेपछि मन्दिर सार्नुपरेको संस्थाका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिएका छन्। मन्दिर स्थानान्तरणअघि धार्मिक परम्पराअनुसार विशेष क्षमा पूजा सम्पन्न गरिएको थियो। स्थानीय भक्तजन तथा सरोकारवालाको उपस्थितिमा पूजा गरी नयाँ स्थानमा मन्दिर ...

केराबारी गाउँपालिका अध्यक्षको कडा चेतावनी : अवैध उत्खननप्रति गम्भीर चिन्ता

केराबारी गाउँपालिका अध्यक्षको कडा चेतावनी : अवैध उत्खननप्रति गम्भीर चिन्ता
सुन्दरहरैँचा / केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पछिल्लो समय बढ्दै गएको गिट्टी, बालुवा तथा अन्य प्राकृतिक स्रोतको अवैध उत्खननप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष मिरिङचिङले अवैध उत्खनन नियन्त्रणमा सम्बन्धित निकायको भूमिका कमजोर देखिएको आरोप लगाएका छन्। उनले प्रश्न गर्दै लेखेका छन्, “केराबारी प्रहरीको काम गिट्टी चोरहरूसँग सेटिङ ...

इन्द्रपुर जेसिजद्वारा नयाँ सदस्यलाई अभिमुखीकरण तालिम

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा रहेको इन्द्रपुर जेसिजले नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ। शनिबार इन्द्रपुर जेसिज सचिवालयमा आयोजित उक्त कार्यक्रममा ३० जना इन्द्रपुर जेसिज र २० जना इन्द्रपुर जुनियर जेसिजका गरी कुल ५० जना नयाँ सदस्यहरू औपचारिक रूपमा आबद्ध गराई तालिम दिइएको हाे । तालिममा इन्द्रपुर जेसिजका पूर्व अध्यक्ष जेसी उत्सव थापा तथा नेपाल जेसिज वर्ष २०२६ का राष्ट्र...

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न

सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा कुशल अभिभावकत्व सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहयोगमा आयोजित उक्त कार्यशालामा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रशिक्षक शैलेन्द्र खर...

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

बाल सदन एकेडेमीमा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ, सुन्दरहरैँचा–९ स्थित बाल सदन एकेडेमीमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नृत्य, गायन, कथा वाचन तथा प्रत्यक्ष चित्रकला जस्ता विविध विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूले दर्शकहरूलाई अचम्मित बनाएका थिए भने गायन प्रस्तुतिहरूले सबैको मन छोएको...

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा

इटहरीकाे आइसक्रिम पार्लर भएको भवनमा आगलागी : आगो नियन्त्रणमा
सुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थित पूर्वाञ्चल आइसक्रिम पार्लर भएको भवनमा आगलागी भएको छ। बुधबार भएको उक्त आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।आगलागी नियन्त्रणका लागि धरान, विराटनगर, सुन्दरहरैँचा, दुहबी, इनरुवा र बेलबारीबाट आएका दमकलहरूको सहयोग लिइए...

चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व : अध्यक्षमा सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व : अध्यक्षमा सुवास संकल्प श्रेष्ठ निर्वाचित
चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। विगत १६ वर्षदेखि फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठले कोशी प्रदेशको इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर निरन्तर काम गर्दै आएका छन्। पछिल्लो ७ वर्षदेखि उनी ‘पर...

नेसनल प्याब्सन कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा कमल खनाल

नेसनल प्याब्सन कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा कमल खनाल
सुन्दरहरैंचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आयोजित अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौध...

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा–१० मा रहेको पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा “नमुना डान्सिङ एन्ड सिङ्गिङ आइडल–२०८२” अन्तर्गत छनोट प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार व...

सुन्दरहरैंचाको १७ औँ नगरसभा सम्पन्न : ६ प्रस्ताव सर्वसम्मत पारित

सुन्दरहरैंचाको १७ औँ नगरसभा सम्पन्न : ६ प्रस्ताव सर्वसम्मत पारित
सुन्दरहरैंचा / मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाको १७ औँ नगरसभा विभिन्न ६ वटा महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा वडा नं. ४ स्थित गोदावरी रिसोर्टमा आयोजित सभाले नीति, योजना तथा विधायनसँग सम्बन्धित विषयहरूमा निर्णय गरेको हो। नगर उपप्रमुख अकली चौधरीले सभामा दुई वटा विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नगरपालिकाले...