कविता : उहिले-उहिलेको गीत
- छवि वैरागी घिमिरे
उहिले उहिले
पहिलो बर्सातका थोपाहरू
धर्तीको काँधमा तप्किँदा
आकाशले एउटा गीत जन्माएको थियो ।
त्यो गीतको स्वर
धानको बिरुवाले सास फेरेझैँ
माटोको कोखमा पसिनाको गन्धसँग बग्थ्यो
गोठभित्रका बाख्रापाठाका स्वरमा मिसिन्थ्यो
पिँडीमा आमाले पिस्दै गरेको जाँतोसितै घुमिरहन्थ्यो
गाउँका चौतारीमा बुढापाकाका सल्लाहसँगै
वसन्तको हावामा उड्थ्यो ।
त्यस गीतलाई
सयौँ पटक अग्निले जलाउन खो...


