सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ ।

मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । कार्यक्रम मिक्लाजुङ साहित्य समाजका उपाध्यक्ष रुद्र भण्डारी धुलोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रा.डा. गोविन्द्रप्रसाद भट्टराई प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा शैक्षिक तथा सामाजिक व्यक्तित्व लेखनाथ घिमिरे, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, प्रलेस नेपाल कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, लेटाङ साहित्य कला सङ्गमका अध्यक्ष गणेश दवाडी, चेतना प्रकाशन संस्थाका उपाध्यक्ष हेम भण्डारी, स्रष्टाहरू हेमन यात्री, कृष्ण उदासी, वीरेन्द्र बान्तवा, शिशिर भट्टराई, दिलीप राई सगर, झाँक्री खोले, यज्ञ परिश्रमी, रुद्र प्रभात, जेबी खत्री, राजकुमार खड्का, नवराज पोखरेल ‘नवशिला’, घनश्याम पथिक, चिरञ्जीवी काफ्ले, भूपेन्द्र तिम्सिना, लक्ष्मीप्रसाद फुयाल, गगन योकपाङ्देन लगायतकोे उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा उल्लेख्य सङ्ख्यामा ज्येष्ठ नागरिक तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया