कांग्रेस सुन्दरहरैँचा नगर सभापतिमा होमनाथ पोखरेलको दाबी
सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङको सुन्दरहरैँचा नगर सभापति पदमा होमनाथ पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन्।
नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय पोखरेलले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
पार्टीभित्रको एकता कायम गर्दै संगठन विस्तार तथा स्थानीय तहमा कांग...









