सलकपुर खानेपानी : सेवा विस्तार र व्यवस्थापनमा जोड
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्ता सेवा सुधार र विस्तारलाई प्राथमिकता दिँदै अगाडि बढेको छ ।
समितिका अनुसार ग्राहक संख्या बढाउने लक्ष्यका साथै प्राविधिक, व्यवस्थापकीय र सरसफाइका पक्षमा सुधारका कार्यहरू तीव्र रूपमा अघि बढाइएको छ । सचिव सुरेश दाहालका अनुसार हालसम्म समितिमा आवद्ध २,५०० उपभोक्ता संख्या बढेर २,६३२ पुग...









